काठमाडौं महानगर प्रहरीले असन क्षेत्रमा बनेका अवैध संरचना भत्काउन ताल्चा फोडेको छ ।अवैध संरचना भत्काउन महानगर आउने सूचना थाहा पाएपछि ढोका बन्द गरेर गएका व्यापारीहरुको टहराको ताल्चा नगर प्रहरीको टोलीले फो;डेको हो ।
असन चोकबाट माथितिर जाने बाटोमा बनेको संरचना हटाउने काम भइरहेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । व्यापारीहरुले टहरा दर्ता गरेर सञ्चालन गरेको भन्दै महानगरको वि;रोध गरिरहेका छन् ।
यस्तै, असन इन्द्रचोक क्षेत्रका फुटपाथमा व्यापार नगर्न नगर प्रहरीले माइकिङ सुरु गरेको छ । फुटपाथ खाली गरी यात्रुलाई सहजीकरण गर्ने भन्दै फुटपाथ व्यापार नगर्न आग्रह गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
हेर्नुस भिडियो