सप्तकोसीमा डुबेर बेपत्ता भएकी बालिकाको शव सशस्त्र प्रहरिले यसरी गर्यो उद्धार

भारि वर्षातका कारण सुनसरीको कोसि गाउपालिका स्थित भ्याण्टाबारिमा सप्तकोसीबाट फुटेर आएको भंगालोमा नुहाउने क्रममा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार भंगालोमा डुबेर बेपत्ता भएकी कोशी गाउपलिका -८ बस्ने मुर्सिद मियाको छोरी ११ बर्षिय नजराना खातुनको शव शसस्त्र प्रहरीले बुधबार फेला पारेको छ ।

बगाएको स्थानदेखि ५ सय ५० मिटर तल १० फिटको गहीराईमा उक्त शव फेला परेको हो।बुधबार नुहाउने क्रममा बेपत्ता भएकी खातुनको खोततलासमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलिबाट ससस्त्र प्रहरी निरीक्षक उत्तम बस्नेतको कमान्डमा खटिएको ४० जना बिपद ब्यबस्थापन टोलिले लामो प्रयास पछि शव फेला पारेको थियो ।

खातुनको सब पानीमुनी बालुवामा गाडिएको अबस्थामा फेला परेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख बिक्रम होमागाइले बताए । उनले जातुनको सब परिवारलाइ जिम्मा लगाई पोस्टमार्टमको लागि जानकारी दिएका छन ।

Post a Comment

Previous Post Next Post