मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा ल’डेर एक युवतीको मृ’त्यु भएकाे छ।मोरङको ग्रामथान गाउँपालिका–७ बजरंगबलीमा मंगलबार बेलुकी मोटरसाइकलको चक्कामा आफैले लगाएको सल बेरीदा ल,डेर एक युवतीको मृ’त्यु भएको हाे ।
मृ’त्यु हुनेमा सुनसरीको ईटहरी उपमहानगरपालिका–८ की २१ वर्षीया रेश्मा नेपाली रहेकी छिन् । ग’म्भीर घा’इते भएकी उनको उपचारका क्रममा बिराटनगर स्थित बिराट नर्सिङहोममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
बेलुकी पौने ७ बजे को ३८ प २२ ०३ नम्बरको मोटरसाइकलको पछाडी सवार उनले लगाएको लेहेङगाको सल मोटरसाइकलको चक्कामा बेरीदा उनी मोटरसाइकलबाट ल’डेकी थिइन् ।
मोटरसाइकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय हरैचाले नि,यन्त्रणमा लिएको छ ।यस्तै बाराको कलैया उपमहानगरपालिका–१८ मनगढवामा मंगलबार बेलुकी टेम्पोको ठ’क्करबाट एक जना महिलाको मृ’त्यु भएको छ ।
मृ’त्यु हुनेमा स्थानीय ५० वर्षीया कौशिला देवी रहेकी छन् । टेम्पोको ठ’क्करबाट ग’म्भीर घा’इते भएकी उनको उपचारका क्रममा नेशनल मेडिकल कलेज बिरगञ्जमा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
सडक पार गर्दे गरेकी उनलाई हिजो बेलुकी ८ बजे ना १ ह ६० ८२ नम्बरको टेम्पोले ठ’क्कर दिएको थियो ।टेम्पो सहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ ।