दलितसँग विवाह गरेको भन्दै इलामको माई नगरपालिका २ दानाबारीकी यामकला आचार्य विकले बुबाको अन्तिम संस्कार पनि परिवारसँगै गर्न पाइनन् ।
सोमबार राति नि धन भएका बुबा चन्द्रप्रसादको किरिया परिवारसँगै बस्न माइती पक्षले नदिएपछि उनी आफ्ने घरमा नै छुट्टै बसेकी छिन् ।उनले १२ वर्षअघि दलित समुदायका रत्नबहादुर विश्वकर्मासँग प्रेमविवाह गरेकी थिइन् ।
जसको कारण देखाउँदै उनलाई परिवार र समाजले यामकलालाई बुबाको अन्तिम संस्कार परिवारसँगै गर्न दिएनन् ।अन्तर्जातिय विवाह गरेकै कारण उनलाई अहिलेसम्म माइतीले बोलाएको छैन ।
बुबाको दाहासंस्कारका लागि जाँदा पनि उनले अपमानित हुनुपर्यो । आफुले माइतीसँग अंश मागेको हैन बुवाको अन्तिम संस्कार गर्न पाउनुपर्छ भनेको भनेकी हो उनले भनिन् ।
मलाई बुबाको मुख पनि हेर्न पनि दिइएन, तर अन्तिम संस्कार गर्ने त मेरो पनि अधिकार छ नि ।रुयामकलाको घरबाट माइतीघर करिब तीन सय मिटर दूरीमा छ । बुबाको नि धन भएको थाहा पाउनेबित्तिकै उनी रुँदै माइती पुगिन् । १२ वर्षपछि माइतीको आँगन टेकेकी उनलाई गाउँले र बहिनीले झम्टिए ।
म पुग्नेबित्तिकै गाउँकी लक्ष्मी दंगालले तँलाई बाँचुन्जेल चाहिएन, अहिले के हेर्न आइस् आँगन नटेक् भन्दै झपारिन्,’ यामकलाले भनिन्, ‘ठूलोबुबाको छोरी पारू त कुटुँलाझैँ गरेर पाखुरा सुर्केर आई । उनलिाई दलितसँग विवाह गरेको भन्दै आफन्तले बाटोमा हिँड्दा थुक्थे ।
घरमा मात्र होइन घाटमा पनि विभेद यामकलाले घरमा मात्र होइन बुबाको अन्तिम संस्कारमा घाटमा समेत दलितसँग बिहे गरेकै कारण विभेद भोग्नुपर्यो । घरमा पुग्दा झपारिएकी उनी बुबाको मुख हेर्न र अन्तिम संस्कारमा सहभागी बन्न माईघाट पुगिन्, तर त्यहाँ पनि विभेद भयो ।
छेउमा जाने वातावरण नै थिएन । सबै आफन्त बुबाको छेउमा थिए । म पर अलग्गै बसेँ । बुबालाई दागबत्ती दिइन्जेल मलाई थाहा छ, त्यसपछि अचेत भएँ । मलाई किबरिया माइतमा बस्न नदिने कुरा भएछ, त्यसैले घरमै जुठो बारिरहेकी छु,’ उनले भनिन् ।
मृ त्युको अन्तिम संस्कारका बेला श्र द्धाञ्जलीसभा परिवारका सबै सदस्यको नाम भनियो तर छोरी र ज्वाइँको नाम नलिइएको यामकलाको गुनासो छ । यसैगरी माईनगरपालिकाको संयुक्त दलित संर्घष समितिले यो घ टनाको विरोध गर्दै एक विज्ञप्ती निकालेको छ ।