दिउँसै धारिलो हतियार देखाएर मनि ट्रान्सफर लुटे पछि ...

मनि ट्रान्सफरबाट रकम लुट्ने बा.प्र.०३–००१ ह १२६३ नम्वरको अटोचालक पक्राउ परेका छन । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्ता पुर्व घर भई हाल हाल भरतपुर महानगरपालिका वडा नम्बर १६ मा डेरा गरी बस्ने मिनमान सुनार रहेका छन ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आईतवार दिउसो सवा १ बजे भरतपुर महानगरपालिका वडा नम्बर ४ फनपार्क नजिकमा रहेकोे नारायणी मनि ट्रान्सफरमा पसेर धारिलो हतियार दाउ देखाई मनि ट्रान्सफरमा रहेकी एक स्टाफलाई डरत्रास धम्की दिई नगद दुईलाख ४ हजार२५० रुपैंया लुटेर फरार भएका थिए ।

सिसिटीभी फुटेज र अन्य खोजतलास गर्ने क्रममा सुनारलाई सोमबार दिउसो सांँढे १ बजे भरतपुर महानगरपालिका वडा नं १० चौविसकोठीबाट अटोमानै बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

घटनामा आफ्नो संलग्नता स्विकार गरेको र शरीर खानतलासी गर्दा उनकोे साथबाट १३ हजार ६०५ रुपैंयांँ र डेरा कोठाबाट एक लाख ६७ हजार रुपैंया सहित बरामद गरिएको छ ।ग

द लुट्ने क्रममा सुनारले आफूले लगाएका कपडा हेल्मेट पञ्जा लगायतका सामान भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित एक घोलमा लुकाईछिपाई राखेका थिए । उनीमाथि डाँका चोरी कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post