ध्वस्त बनाइयो अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन। (हेर्नुस)

आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो। राजधा नी नयाँदिल्लीसँग जो डिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भव न एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए।

 उनीहरू को नाम एपेक्स र सियान राखिएको थियो।झन्डै ३ हजार ५ सय किलोग्राम बिस्फोटक पदा र्थ पड्काएर यी दुई भवनलाई ध्वस्त पारिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बिस्फोटका लागि बारूद राख्न भवनमा ९ हजार ६ सय ४२ वटा प्वाल बनाइएको थियो।

ती भवनको आसपासमा रहेका अपार्टमेन्ट्समा बस्ने झन्डै सात हजार मानिसहरूलाई बाहिर निकालिएको छ। केहीबेर नजिकै रहेको राजमा र्ग बन्द गरिएको छ।

भवन भत्किँदा फैलिएको धुलो हटाउन सयौं कर्मचारीहरू खटाइएको छ।सुपरटेक ट्विन टावर भनिने ती भवनलाई भत्काउन महिनौंदेखि तयारी गरिएको थियो। एडिफिस इन्जिनियरिङ कम्पनी यी भवन भत्काएको हो।

गत वर्ष यही समयमा भारतको सर्वोच्च अदाल तले मापदण्ड मिचेर बनाइएका ती दुइटा भवन भत्काउन आदेश दिएको थियो।न्यायाधीशद्वय डि वाई चन्द्रचुद र एम आर साहको संयुक्त इज लासले सुपरटेक लिमिटेड ग्रुपकै खर्चमा भवन भत्काउन आदेश दिएको हो।

यसअघि सन् २०१४ मा अलाहवाद उच्च अदालतले पनि ती दुई भवन भत्काउन आदेश दिएको थियो। उक्त आदे शविरूद्ध भवन बनाउने कम्पनी सुपरटेक सर्वोच्च अदा लत गरेको थियो। सर्वोच्चले सरकारी अधिकारीहरू सँगको मिलेम तोमा मापदण्ड मिचेर बनाइएका भवन भत्काउने अलाहवाद अदालतको आदेशलाई सदर गरेको हो।

सर्वोच्चले ती भवनमा फ्ल्याट किनेका मानिसह रूलाई वार्षिक १२ प्रतिशत ब्याज जोडेर रकम फिर्ता गर्न पनि आदेश दिएको छ। ती दुई टाव रमा झन्डै ८५० फ्ल्याट थिए। सुपरटेकको अवै धानिक निर्माणविरूद्ध मुद्दा लडेको रेसिडेन्ट्स वेलफेयर एसोसियसनलाई २ करोड भारु तिर्न पनि अदालतले भनेको छ।

सुपरटेको एमराल्ड कोर्ट प्रोजेक्टअन्तर्गत ती दुई भवन हरू बनाइएका थिए। उक्त प्रोजेक्टअन्त र्गत उक्त कम्पनी ले नजिकै अरू पनि भवनहरू पनि बनाएको थियो। ती भवनमा फ्ल्याट किनेकाहरूले सुरूको योजनामा हुँदै नभएका दुई नयाँ भवन पछि बनाइएको र तिनले आफ्नो घरमा आउने प्रकाश र हावा छेक्ने भन्दै मुद्दा हालेका थिए।

Post a Comment

Previous Post Next Post