अर्कै नाठो सँग मिलेर मेरो छोरालाई च्वा’ टै पारी, आमाले खोलीन् बागलुङ घटनाको रहस्य

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाका तुलबहादुर विकको उनकै श्रीमतीले ज्यान लिएको खुलेको छ ।बुधबार निसीखोला गाउँपालिकाको झिवाखोला नजिकै टाउको नभएको अवस्थामा मृ’त भेटिएका।

निसीखोला गाउँपालिकावडा नम्बर ५ कामीडेराका २४ वर्षीय विकको हत्या उनकै श्रीमती २३ वर्षीया कुमारी कामीले गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले जानकारी दिनुभयो ।

विककी श्रीमती कुमारी कामीले साउन २५ गते राती विकको धन र चिरपटले हानी ह’त्या गरि टाउको का’टेर घर नजिकै निसीखोलामा श’व फालेको स्वीकार गरेको प्रहरी उपरीक्षक ज्ञवालीले बताउनु भयो ।

पर स्त्रीसँगको अनैतिक सम्बन्ध र मादक पदार्थ सेवन गरि आफुलाई वर्षौँदेखि कु”टपिट गर्दै आएका श्रीमानको व्यवहारबाट आजित भएर उनले घनले टाउकोमा हानी बेहोस बनाएर खुकुरीले टाउँको का’टेर ह’त्या गरेको प्रहरीसँग कुमारीले बयान दिएकी छिन् ।

Post a Comment

Previous Post Next Post