१४ वर्षीय छोराको चिर्पट प्रहारबाट बुबाको मृत्यु

पाल्पा — पाल्पाको माथागढी गाउँपालिका–४, झडेवा नेटा बस्ने १४ वर्षीय बालकले ४५ वर्षीय बुबा तिलबहादुर दिशा मगरलाई दाउराको चिर्पट प्रहार गर्दा मृत्यु भएको छ ।

घरमा सामान्य झैझगडा हुँदा छोराले तिलबहादुरलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

आइतबार बिहान भएको घटनापछि प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगेको छ । १४ वर्षीय बालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, पाल्पाकै रैनादेवी छहरा–८, खुर्सानेमा १७ वर्षीय लीलाबहादुर कार्की मृत फेला परेका छन् । गाउँमै मावली घर गएको बेला कार्की मृत अवस्थामा फेला परेका हुन् ।

मावली खिमकुमारी बलालको घरमा दलानमा सुतेका कार्की मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । स्थानीयले जानकारी दिएपछि प्रहरी चौकी बल्ढेङगढीबाट घटना स्थलमा आवश्यक अनुसन्धान गरेको छ

Post a Comment

Previous Post Next Post