![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmEvixRVKs3fcBLI9uPbeePMIDKTQ5UX9V6bNA87HhMqWibZraUo83zcdsrCvuYh6jwxkOf2NIhNm8Lcjw_DQsPGIxAEAIqqmLRhtZMAb5SAcW-fvH5FS6Hv26S7mSQ9sT6_C9mR2djzDZ7-YNSqUAGTJw8O8mnc_d_rxXvSeHqwjlU9OGERwhn3LH/s16000-rw/20222851911_jeepaccident.jpg)
सिद्धिचरण लोकमार्गमा बोलेरो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका– ४ अड्डाकुनामा दुर्घटना।
हुँदा बोलेरोमा सवार ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।कटारी बजारबाट कटारी नगरपालिका–१३ मयंखु जाँदै गरेको बोलेरो दुर्घटना भएको हो ।
दिउँसो मयांखु जाने क्रममा कटारी नगरपालिका–४ अड्डाकुनामा प्र.२–०१–००१ च ०२४३ नम्बरको बोलेरो दुर्घटना हुँदा ९ जना गम्भीर घाइते भएका हुन् । घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचारपछि घाइतेहरूलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ