सप्तरीमा कुटपिटबाट एक महिलाको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित कटीमा आज एक महिलाको कुटपिटबाट मृत्यु भएको छ । मृत्यु हुनेमा कटी निवासी ५५।****भिडियो हेर्न तल क्लिक गर्नुहोला**** 

वर्षीया जीरादेवी मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।

स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गणेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो ।

सोही विवादको क्रममा राजेश र गणेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरुको कुटपिटबाट जीरादेवीको मृत्यु भएकोे बुहारी अमरीदेवी मण्डलले जनाकारी दिइन् ।रासस ****भिडियो हेर्न तल क्लिक गर्नुहोला**** 

Post a Comment

Previous Post Next Post