काठमाडौंको चण्डोलबाट बन्दना उप्रेती पक्राउ गरी छन् यस्तो गर्नै नहुने काम

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-५

घर भइ हाल काठमाडौं डिल्लीबजार बस्ने ४२ वर्षीया बन्दना उप्रेती रहेकी छन् ।उप्रेतीले २०७५ फागुन ५ गते प्राइम कमर्सियल बैंक लिमिटेड, बागबजार शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको।

भन्ने जानी-जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको प्रहरीले जनाएको छ ।सो सम्बन्धमा उच्च अदालत पाटनबाट यही २०७९ असार ५ मा उप्रेतीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ३० दिन कैद र एक करोड ५९ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले उनलाई बिहीबार काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो । बन्दनालाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post