प्रचण्ड, केपी ओली र शेरबहादुरलाई बोलाएको छु, आए भने माटो दिएर पठाउँछु : हर्क साम्पाङ (भिडियोसहित)

देशरभबाट जितेका स्वतन्त्र उम्मेदवारहरुको भेला काठमाडौंमा हुँदा धरानका प्रमुख हर्क साम्पाङ भने सहभागी भएनन् । बरु उनी पकुवा खोलामा पानी ट्याङ्की बनाउन श्रमदान गर्न हिँडे ।

उनलाई उक्त भेलाप्रति खासै चासो पनि थिएन । किनकि उनको एजेण्डा धरान र धराने जनताको एजेण्डा थियो । भेलामा सहभागी नभएकोबारे सोधिएको प्रश्नमा उनले भने, ‘स्वतन्त्रको संगठन हुँदैन । स्वतन्त्रको संगठन बनाउने हो भने त्यो पार्टी भइगयो नि !

साम्पाङ अहिले पनि विभिन्न श्रमदानमा जुटिरहेका छन् ।पार्टीका शीर्ष नेतालाई माटो छुन सुझाव दिने साम्पाङ आफू भने धुलाम्ये र हिलाम्य थिए ।

अन्तरवार्ताका क्रममा उनले नेताहरुलाई सुझाव दिँदै भने, ‘माटो छुनुपर्‍यो नि ! राजनीति गर्छु भनेरमात्रै हुन्छ हावामा ? माटो छोएका छैन, दुःख बुझेको छैन, पीडा बुझेको छैन ।

त्यसले के राजनीति गर्छ ?’उनै साम्पाङसँग विविध विषयमा रातोपाटी सम्वाददाता अर्जुन आचार्यले पकुवा खोलामै पुगेर कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–तपाईं खानेपानी योजनाका

लागि श्रमदानमा हुनुहुन्छ, श्रमदानमा जनताको आकर्षण कसरी बढाउनुभयो ?खुसीको कुरा के हो भने जनतालाई मैले विकाससँग जोड्न सकेँ । जनतालाई विकाससँग जोड्न सकेपछि हरेक जनतालाई यो काम आफ्नो पनि हो भन्ने लागेको छ ।

त्यसैले धरानका युवाहरु स्वतस्फूर्त आएका छन् जो कि इतिहासमै यस्तो भएकै थिएन । भविष्यमा भने यस्ता धेरै काम गर्ने मेरो योजना छ । यहाँ हामी जेसीबी लगेर पनि खन्न सक्थ्यौं ।

यहाँ जेसीबी प्रयोग गर्दा पानी हराउँदो रहेछ । त्यसकारण हामी यो सबै काम मेनुअल्ली गरिरहेका छौं । शारीरिक श्रमकै आधारमा गरेका छौं । यो उदाहरणीय काम हो ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post