विवाहको बीचमा आएर अर्कै व्यक्तिले दुलहीको सिउदोमा सिन्दुर भरे पछि ...

के हुन्छ जब विवाहको बीचमा आएर अर्कै व्यक्तिले दुलहीको सिउदोमा सिन्दुर भर्छन् ?नाटकबाहेक वास्तविक जीवनमा यस्तो कुरा सोच्न सकिदैँन् ।

तर भारत, मध्य प्रदेशको मुबारकबादबाट एउटा यस्तै अनौठो घटना बाहिर आएको छ ।प्रेम सम्बन्धमा रहेका एक प्रेमीलाई केटी पक्षले निर्मम तरिकाले कुटपिट गरेको हो । प्रेम एकतर्फी होइन, केटी पनि राजी थिइन् । तर पनि केटालाई नराम्ररी पिटियो ।

मुबारकाबादको एउटा गाउँमा प्रेमी मुकेशले आफ्नी प्रेमिका ललिताको बिहेमा पुगेर जयमालाको समयमा उनको सिउदोमा सिन्दुर भरिदिएका हुन् । त्यसपछि मण्डपमा हंगामा मच्चियो ।

यो सबै मुकेशले आफ्नै स्वेच्छाले गरेका थिएनन् । वास्तवमा ललिताको घरपरिवारले उनको बिहे अर्को केटासँग गर्दिन लागेका थिए । त्यसपछि दुलहीको दिमागमा एउटा तरिका फुर्यो ।प्रेमिकाले प्रेमीलाई मेरो बिहेको बिचमा आएर सिन्दूर हाल्नु भनेर सम्झाइन् ।

त्यसपछि प्रेमीले पनि ठ्याक्कै त्यस्तै गरेका थिए ।सिन्दूर काण्डपछि केटीका परिवारले मुकेशलाई कुटपिट गरेका हुन् । केटा अस्पतालमा छन् । दुवै पक्षबाट प्रहरी चौकीमा उजुरी परेको छ ।

अस्पतालमा भर्ना भएका मुकेशले पत्रकारहरुसँगको कुराकानीमा आफूहरु विगत १४ महिनादेखि एकअर्काको प्रेममा रहेको बताउँदै विवाह गर्ने तयारीमो भएको भनेका छन् । तर परिवारका सदस्य मानेनन्

Post a Comment

Previous Post Next Post