८ वर्षीय वालिकालाई क,रणी गरेको आरोपमा आफ्नै काका प,क्राउ परेका छन् ।१० साउन राति १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई ज बरजस्ती क र,णीको गरेको आरोप उनीमाथि लागेको छ ।
बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवा रले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका काकाको नाम भने प्रहरीले गोप्य राखेको छ । २४ वर्षीया आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।
अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।
आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा आज पक्राउ गरिएको इलाका प्रहरी कार्यालय प्रमुखसमेत रहेका रावलको भनाइ छ ।
उनलाई जबरजस्ती करणी मु,द्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।