मट्टितेल छर्केर, आगो लगाएर: श्रीमती ह’त्या गरे पछि ....

 एक महिलाको आगो लगाएर ह’त्या भएको छ ।शुक्रबार राति करिब १० बजे रंगेली नगरपालिका वडा नं १  ३१

महिलाको मट्टितेल छर्केर आगो लगाई ह’त्या भएको प्रहरीले जनाएको छ ।प्रहरीले ह’त्या आरोपमा उनका श्रीमानलाई पक्राउ गरेको छ ।

घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी  श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रबार राति घर जलेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घरमा गम्भीर अवस्थामा रहेकी बबितालाई प्रहरीले उद्दार गरी उपचारका लागि  अस्पताल पठाएको थियो ।

उनको उपचारकै क्रममा शनिबार विहान ६ बजे मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post