![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg9tGR4GTpcJV0aqiCeFzGp-cKjvk9OqQd5m6ZoikINK-zXU4q9pxfC_jHsF3Ex39EMJJHQiG9nTRbblpv_TKYR-GfuwtqZSsStu7yiLqfTAQenp_NYR4GOcege2M1xl2Uj7IqtwmEIfaUBQ_UpUOhpXOAEpXMeqeL46l3UQ8kNvweIbWF6_OfJ8g-n/s16000-rw/PicsArt_07-13-07.52.22.jpg)
विभिन्न होटलबाट यौनधन्दामा संलग्न रहेको आरोपमा प्रहरीले नौजना युवतीलाई पक्राउ गरेको छ । विभिन्न होटलमा दिउँसै यौनधन्दा हुने गरेको जनगुनासो बढेपछि शनिबार बिहान प्रहरीले छापामारी नौजना युवतीलाई पक्राउ गरेको हो ।
छापामार्ने क्रममा एक घरबाट दुईजनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय जनाएको छ । इलाका प्रहरी कार्यालय खटिएको प्रहरी टोलीले उनीहरुलाई यौनधन्दामा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो ।
डीएसपी रूगमबहादुर कुबरका अनुसार प्रहरीले ति क्षेत्रका अन्य होटलमा पनि छापामार्ने क्रम जारी रहेको छ । पक्राउ पर्नेमध्ये एकजना बिरामी रहेकोले उसको हेरचाहका लागि अर्का एकजना गरी दुईजनालाई अस्पताल पठाइएको डीएसपी जानकारी दिनुभयो ।
युवतीहरु २० देखि ३० वर्षका रहेका प्रहरीले जानकारी दिएको छ ।