बाँकेको कोहलपुर नगरपालिका–११ मा हिजो साँझ बस र मोटरसाइकल आपसमा ठोक्किँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय । गम्भिर घाइते भएका उनको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।
भे १ क १२५ नम्बरको बस र भे ४ प ३२५३ नम्बरको मोटरसाइकल हिजो साँझ ६ बजे ठोक्किएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित बस चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
रतहटमा ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु:रौतहटको दुर्गाभगवती गाँउपालिका–२ भलोहीमा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।
ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएका सोही स्थान बस्ने अन्दाजी ७० बर्षीय किशोर ठाकुरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठाकुरको शिवदर्शन अस्पतालमा राती ९ बजे मृत्यु भएको हो ।
सुकदेवचोकबाट गंगापिप्रा तर्फ आउदै गरेको ना३त ५३७० नम्बरको ट्रयाक्टरले सडकको छेउमा बसिरहेका ठाकुरलाई हिजो बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो । ट्याक्टर सहित चालकलाई इलाका प्रहरी कार्यालय गंगापिपराले नियन्त्रणमा लिएको छ ।