मोरङबाट २ जना पक्राऊ गर्दा रहेछन् यस्तो गर्नै नहुने काम

मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रित लागूऔषध ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट।

नेपालतर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका १ का ४४ वर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागूऔषधसहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।

यसैगरी लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान ११ का ३८ वर्षीय राजु घिमिरेलाई विभिन्न किसिमका लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको हो । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक २० एम्पुल, एभिल २० एम्पुल, डाईजेल्याब २० एम्पुल र फेनरागन २० एम्पुल बरामद गरेको थियो ।

यसरी लागूऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Post a Comment

Previous Post Next Post