
धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै रु ८३ लाख ६४ हजारसहित आज दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका–५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन् ।उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिनुभयो ।
प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
दवैजनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ । यो पनि पढ्नुहोस्ह । रिवन प्रहरीले लुकाई छूपाई राखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ ।
मंगलबार हरिवन नगरपालिका–११ बस्ने ४३ वर्षका छोटेलाल दासलाई एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित हरिवन प्रहरीले पक्राउ गरेको छ ।दासले हरिवन बजारमा किराना पसल संचालन गर्दै आएका थिए ।
उनले संचालन गरेको किराना पसलबाट उक्त हतियार बरामद भएको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ । बिशेष सुराकीको आधारमा हरिवन प्रहरीले दासको किराना पसलमा खानतलासी गरेको थियो ।
खानतलासी पछी बरामद पेस्तोल र गोलीसहित दासलाई प्रहरिले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनूभयो ।