सडकमा मकै पोल्ने दम्पत्तीको भाग्य पल्टियो, यस्तो चमत्कार हुन्छ भनेर सोचेका थिए होलान् र ? (हेर्नुहोस्)

काठमाडौं । यहाँको महानगरको बालुवाटार सडक क्षेत्रमा मकै पोलेर जीविकोपार्ज गर्दै आएको दम्पत्तीको भाग्यले नयाँ मोड लिएको छ ।

मकै पोलेर घर चलाउँदै आएका चेतेन्द्र आचार्य र सीता आचार्यलाई सरप्राइज मिलेको हो ।उनीहरुका दुई छोराहरुलाई कोस्मोपोलिटन सेकेन्डरी स्कुलले कक्षा १२ सम्मको अध्ययन निःशुल्क गराइदिने भएको छ । नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको पहलमा उक्त स्कुलले उनीहरुलाई निःशुल्क अध्ययन गराइदिने भएको हो ।

कोस्मोपोलिटन सेकेन्डरी स्कुलले हरेक वर्ष विभीन्न कारणले दुःख पाएका आर्थीक समस्यामा परेका १२ जनालाई इन्द्र अन्नपूर्ण फाउन्डेशन, हेल्प नेपाल र गुढमर्निङ नेपाल जस्ता संस्थाहरुको सहयोगमा निशुल्क अध्ययन गराईदिदै आएको छ।

यस्तै समाजसेवी रामकुमार थापा र मसीना खड्काले पनि आचार्य दम्पत्तिको दुई छोराहरुका लागि स्टेशनरी र पोशाक खर्चका लागी भन्दै २० हजार आर्थीक सहयोग गरेका छन् ।

बालुवाटार क्षेत्रको सडकमा मकै बेच्ने आचार्य दम्पत्ति गाउँमा जीवीका चलाउन मुस्किल भएपछि राजधानीमा मकै बेचेर परिवार पाल्दै आएका थिए । उनीहरुको ८ र ९ कक्षामा पढ्ने दुई छोराहरु छन् ।

आचार्य दम्पत्तिलाई पूर्वमन्त्री बस्नेतले यसअघि पनि ५१ हजार आर्थिक सहयोग गरेका थिए । यसरी आफ्नो गरीखाने रोजीरोटी नै गुमेको बेला पूर्वमन्त्री बस्नेतले सहयोग गरेको भन्दै चेतेन्द्र अचार्यले खुशी ब्यक्त गरे ।

Post a Comment

Previous Post Next Post