वर्षाका कारण घरको पर्खाल भत्किँदा सदाका लागि अस्ताए ३१ वर्षीय भरत 

शे–फोक्सुण्डो गाउँपालिका–३ बस्ने टसि तुण्डुप गुरूङको घरको कोठाको पर्खाल वर्षातको कारण भत्किँदा एक जनाको मृत्यु भएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

मृत्यु हुनेमा घरमा मजदुरी काम गरी बस्ने जाजरकोट नलगाड नगरपालिका–७ घर भएका ३१ वर्षीय भरत बिक रहेका छन् । उनको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्खाल भत्किएर भरतको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी साल्दाङबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।विपद्का घटनाबाट साढे दुई महिनामा १०१ जनाको मृत्यु :विपद्का घटनामा परी पछिल्लो साढे दुई महिनाको अवधिमा नेपालमा १०१ जनाले ज्यान गुमाएका छन् ।

२०७९ वैशाख १ गतेदेखि असार १८ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरुको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सो अवधिमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जंगल आगलागी, हवाहुरी र जनावरको आक्रमणका घटनामा परी उनीहरुको मृत्यु भएको हो ।

२०७९ साल सुरु भएपछि सबैभन्दा बढीको मृत्यु चट्याङ लागेर भएको छ । चट्याङ लागेर पछिल्लो साढे दुई महिनाको अवधिमा ३९ जनाको मृत्यु भइसकेको छ ।

उक्त अवधिमा पहिरोमा परी ११, बाढीमा परी ३, भारी वर्षाका कारण ३, सर्पको टोकाइबाट ५, आगलागीमा परी २०, हावाहुरीका कारण ८ र जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

बितेको साढे दुई महिनाको अवधिमा विपद्का घटनामा परी ३ जना वेपत्ता भएका छन् ।

प्राधिकरणका अनुसार यस वर्ष विपद्का घटनाका कारण राज्यले ६५ करोड २१ लाख २३ हजार ५६० रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोरीसकेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post