बिबाह भएको २० दिनमै श्रीमती गायब भए पछी... (हेर्नुहोस् भिडियो)

मिठो सपना देखेर अग्नी साँची राखी विवाह गरेर ल्याएकी श्रीमती कहाँ गईन् अत्तोपत्तो छैन । घर धरान, आमाजु दिदी (श्रीमानको दिदी) को घरमा खाना खानलाई निम्ता आए पछि 

श्रीमान् चिरन्जीवी रम्तेल र श्रीमती सरस्वती सार्की इटहरी आए । इटहरीमा दिदीकोमा विवाहको बेला सुन छाडिएको छ म लिएर आउछु तपाई यही बस्दै गर्नुस् भनेर श्रीमानबाट छुटेकी सरस्वती आज ६ दिन वितिसक्दा पनि फर्केकी छैनन् ।

पिङ्क कलरको कुर्था सुरुवाल लगाएर पाहुना मान्न गएकी सरस्वती २३ वर्षकी भईन् । उनको विवाह भएको २० दिन भएको कुरा उनको भाई निर्मल सार्कीले जनकारी दिए । माईती पक्षले हराएको थाहा पाए लगत्तै प्रहरी कार्यालय ईटहरीमा मानिस हराएको र खोजी पाउँ भनी उजुरी दिएको बताएका छन् ।

शंका लागेको ब्यात्तीको नाममा किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन नमानेको श्रीमान तथा माईती पक्षले जानकारी गराएका छन् ।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post