उदयपुरमा पौडी खेल्नेक्रममा दुई बालिका ....

उदयपुर । स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा बगाउँदा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका १४ साउने धाप्लाङका ती बालिका बुधबार बेपत्ता भएका हुन् ।

त्रिनपा १४ साउनेका पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाएर सुनकोसी नदीमा बेपत्ता हुने बालिकामा स्थानीय १३ वर्षीया विपना राई र अर्का १२ वर्षीया वीना राई रहेका छन् ।

राईका अनुसार दिनको १ः४५ बजेतिर गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा डुब्न पुगेको कारण बेपत्ता भएका हुन् ।

घटनालगत्तै स्थानीयवासी र प्रहरीचौकी साउनेबाट गएका प्रहरीले समेत खोलाले बगाएको बालिकाको निरन्तर खोजीकार्य गरिरहेको तर फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरी चौकी साउनको प्रहरी टोलीले घटनास्थलमा गएर खोजी जारी राखेको तर साँझ परिसकेकाले फेला पार्न नसकिएको प्रहरी प्रमुख बोहराले बताए ।

बिहीबार बिहानदेखि नै बेपत्ता बालिकाको थप खोजीकार्य जारी रहेको प्रहरीले बताएको छ । इकान्तिपुरबाट

Post a Comment

Previous Post Next Post