
काठमाण्डौ । फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेर सम्पर्क बिहीन भएका श्रीमानको पर्खाईमा छिन् २१ दिने एक सुत्केरी श्रीमती ।
कामाण्डौको शेषमतिमा ३ छोरीसंगै एक्लै बस्छिन् ती २१ दिने सुत्केरी महिला । उनले जन्माएको कान्छि छोरी जन्मन नपाउँदै श्रीमानले छोरी नै जन्मिन्छ भनेर आफुसंगै अरु २ छोरीहरुलाई समेत छाडेर श्रीमान कता छन् ती सुत्केरीलाई थाहा छैन ।
सिन्धुुलीबाट काम खोज्दै काठमाण्डौ आएकी उनी अहिले श्रीमान नै साथमा नहुँदा उनलाई हुर्किंदै गरेका २ छोरीसंगै भर्खरै जन्मिएको कान्छि छोरीलाई के खुवाउने के लगाउने भन्ने ठूलो चिन्ता छ ।
अर्काको घरमा घर सफा गर्नेदेखि लिएर लुगा धुने र भाँडा माझ््ने काम गरेकी ती सुत्केरीले अहिले यो अवस्थामा त्यो काम पनि गर्ने सक्ने बताउँछिन् । ‘लोग्ने भएको भए काम गरेको पैसाले खाने कुरा त किन्ने पाईन्थ्यो । अब त त्यो पनि छैन ।’ निरास हुँदै उनले भनिन् ।
तीन सन्तानकी आमा उनी आफु सुत्केरी भईरहेको समयमा श्रीमानले यसरी अलपत्रै पार्लान् उनले कहिल्यैपनि सोंचेकी थिईनन् । उनी भन्छिन्,‘जाँड, रक्सि खाएर मातेर तैंले छोरी मात्रै जन्माउने भईस् त भनेर सधैं गा ली त गर्नुहुन्थ्यो ।
तर यसरी घर नै छाडेर यस्तो अवस्थामा मलाई र यी छोरीहरुलाई अलपत्रै पार्नुहोला यो मैले कहिल्यै सोंचिन ।’ कान्छि छोरी जन्मनुको तीन चार महिना अघि मात्रै उनका श्रीमानले फेरीपनि छोरी नै पाउँछेस् भन्दै घर छोडेको कुरा उनी सुनाउँछिन् ।
हेर्नुहोस् भिडियो