काठमाडौंको गोंगबुबाट डरलाग्दा युवक पक्राउ

प्रहरीले काठमाडौंको गोंगबुमा १५ वर्ष पहिले भएको हत्या घटनाका अभियुक्तलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा कास्कीको पोखरा उपमहानगरपालिका-४।

घर भइ पोखराकै मझेरीपाटन बस्ने वर्ष ३६ का कृष्ण मिजार रहेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विसं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका–२६ गोँगबु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न पोखरा महानगरपालिका-१४ मझेरीपाटनका मिजारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

२०६४ साल कात्तिक १९ गते कृष्णसमेतका व्यक्तिहरुले मादक पदार्थको नशामा रविन्द्र कुमार मल्लसँग झगडा गरी काठमाडौंको गोंगवु, मित्रनगरस्थित सडक-खण्डमा बाँसको भाटा, लात्ती, मुक्काले प्रहार गरी मरणासन्न बनाएको प्रहरीले जनाएको छ।

मल्लको उपचारको क्रममा मृत्यू भएको थियो।सो कर्तब्य ज्यान मुद्दामा पुनरावेदन अदालत पाटन (हाल उच्च अदालत) बाट कृष्णलाई १० वर्ष कैद ठहर भएको थियो। फैसला पछि भागी फरार रहेका उनलाई यही असार २५ गते केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले पोखरा पावरहाउसमा फेला पारी पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि आज कास्की जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post