हेर्दा हेर्दै ७ वर्षीय छोरालाई च’ट्या’ङ’ले हानेर खु’ त्रु’कै पार्यो ! शरीरमा आ गो लग्यो लुगा ज’ ल्यो जमिन चर्कियो (भिडियो सहित)

बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुर बस्ने ७ वर्षीय एक बालकको घरको आँगनमा खेलिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।देशभर चट्याङ लागेर एकैदिन सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उनीहरु सबैको मंगलबार मृत्यु भएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रुपन्देहीको सियारी गाउँपालिका–२ बरेवा बस्ने ४५ वर्षीय एक पुरुषको घरमै बसिरहेको बेला चट्याङ लागेर मृत्यु भएको छ ।

नवलपरासी ९पश्चिम०को रामग्राम नगरपालिका–१० लक्ष्मीपुरामा खेल रोप्ने क्रममा ६० वर्षीया एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङ लागेर वेहोश भएकी उनको उपचारको क्रममा मृत्यु भएको प्राधिकरणले जनाएको छ ।बागलुङको काठेखोला गाउँपालिका–४ तग्राम फापरखेत बस्ने २८ वर्षीया एक महिलाको भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङ लागेर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहा रेन्ज बस्ने ३२ वर्षीय एक पुरुषको खेतमा आली लगाउने क्रममा चट्याङ लागेर मृत्यु भएको छ ।

Post a Comment

Previous Post Next Post