धादिङको गल्छीमा नसोचेको भयो, कस्तो छ ४१ जनाको अवस्था ?

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा नं ४ चिरौदी पुल नजिकै बस दुर्घटना हुँदा ४१ जना घाइते भएका छन् ।

काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको बस शुक्रबार बिहान दुर्घ टना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौं को ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सामान्य घाइते १४ जना को गल्छीमा र चार जनाको आदमघाटमा रहेको स्वास्थ्य संस्थामा उपचार भइरहेको धादिङका प्रहरी नायब उपरी क्षक जागेश्वर भण्डारीले बताए ।

भण्डारीका अनुसार बस अनयिन्त्रत भइ आफ्नै साइडको भित्तामा ठोक्किएको थियो । तीव्र गतिका कारण बस दुर्घटना भएको उनले बताए ।मोटरसाइकलले दुई साइकललाई ठक्कर दिँदा २ जनाको मृ,त्यु, २ घा,इते

दाङको घोराहीमा भएको दुर्घटनामा २ जनाको मृ,त्यु भएको छ भने २ जना घाइते भएका छन् । गए राति घोराही उपमहानगरपालिका–७बेसाईमा सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा३प २९ २२ नम्बरको मोटरसाइकलले दुई साइकललाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक मुुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उक्त दु,र्घ,टनामा परी मोटरसाइकल चालक घोराही–१५ का ३५ वर्षीय गङ्गाबहादुर कवर र साइकलयात्री घोराही–७ का १६ वर्षीय रितेश केसीको मृ,त्यु भएको छ । दुवैको उपचारका क्रममा मृ,त्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार घोराही –७ का ३८ वर्षीय वसन्त चौधरी र साइकल यात्री सोही ठाउँका १५ वर्षीय विनोद भण्डारी घा,इते भएका छन् ।

घा,इते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । भण्डारीको हात र खुट्टामा चोट लागेको छ । चौधरीको मुख, नाक र टाउकोमा चोट रहेको रिजालले बताए ।

Post a Comment

Previous Post Next Post