जंगलमा झुण्डिएको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
घाँस काट्न गएको बेला स्थानीयले रुखमा झुण्डिएको शव देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी स्रोतका अनुसार शव केही दिन पुरानो देखिन्छ । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शवबारे राति नै खबर आएपनि त्यहाँ पुगेर ल्याउन सकिएको जिल्ला प्रहरीले जनाएको छ ।
हामीलाई शवबारे राति खबर आएको थियो । प्रहरी घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पुर्याएर पोस्टमार्टमका लागि ल्याएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएपीले भने । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
इन्डिया जान्छु भनेर घर छोडेका रहेछन
न्प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू भारत जाने भन्दै घरबाट हिँडेको खुलेको डिएसपीले जानकारी दिए । तर, भारत नगई होटलमा बसेको खुलेको प्रहरीले जनाएको छ ।
त्यसपछि उहाँहरु कहाँ बस्नुभयो भन्ने जानकारी छैन,’ डिएसपीले अनलाइनखबरसँग भने, ‘यसको मतलब यो घटना १६, १७ गतेको पनि हुन सक्छ । हामी ठ्याक्कै यति दिन पुरानो शव भन्न सक्दैनौं । तर सडे, गल्न थालेकोमा चाहिँ भेटेको हो ।’