कार्यपालिका बैठकमै कड्किए हर्क साम्पाङ र अध्यक्ष हरु बीच (हेर्नुहोस् भिडियो)

धरान । धरान उपमहानगरपालिका को आगामी आर्थिक वर्ष २०७९/८० बजेट सर्वसम्मत पारित भएको छ । बिहीबार भएको नगर सभाबाट बजेट पारित भएको उपमहानग रपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टरा ईले जानकारी दिए ।

धरानले असार १० गते एक अर्ब ६८ करोड ५८ लाख २३ हजार बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको थि यो । कूल बजेटमध्ये चालूतर्फ ८३ करोड ३७ लाख ७२ हजार ४४२ र पूँजीगतर्फ ८१ करोड ९५ लाख ५० हजार ५५८ र वित्तीय व्यवस्थातर्फ तीन करोड २५ लाखको बजेट विनियोजन भएको छ ।

बजेट पारित हुनअघिको कार्यपालिका बैठकमा भने विवाद भएको थियो । मेयर राई बजेट पारि त गर्न नदिएको भन्दै कार्यपालिका सदस्यसित बैठकको सुरुमै आक्रोशित बनेका थिए ।

उनले बैठकको सुरुमा नै प्रश्न गरे, ‘बजेट पारित गर्ने कहिले ? जहिले पनि बैठक स्थगित गर्ने ? स्वतन्त्रले मेयर जित्यो यसलाई असफल बनाउनुपर्छ भनेको हो ? कि के हो त ? हर्क साम्पाङ असफल हुनु भनेको व्यक्ति होइन, पुरै धरान असफल हुनु हो । मैले मात्रै बनाएको हो बजेट ? विषयगत समितिले छलफल गरेको छैन ?

बजेट पारित गर्नका लागि बैठक बोलाए पनि पटक पटक स्थगित भएको थियो । त्यसलै सुरुमै आक्रोशित भएका मेयर साम्पाङ त्यत्तिमै रोकिएनन्, ‘म निकटतम प्रतिद्व न्द्वी भन्दा ५ हजार बढि मत ल्याएर जितेको हो ।

स्वीका र नगर्ने ?तपाईँहरुले धराने जनतालाई कसरी जवाफ दिनुहुन्छ । कहिले पास गर्ने बजेट, ८० सालको असारमा पास गर्ने बजेट ? बैठक जहिले सारेको छ, जहिले सारेको छ । बजेट पास भएन भने वडा कसरी चलाउने, गोजीको पैसाले चलाउने हो वडा ? डोनेसन माग्नुस अब, जित्ने बेला के भनेर आउनुभयो ? तपाईँहरु यति धेरै गैर जिम्मेवार पनि नबन्नुस ।

मेयर साम्पाङ्ले उपमेयर अइन्द्र विक्रम बेघालाई पनि प्रश्न गरे ‘तपाईँले चलाउनु भएन छलफल ?’मेयरको आक्रोश पछि धरान उपमहानगरमा एमालेबाट जितेका जनप्रतिनिधिहरु प्रतिवादमा उत्रिएका थिए । मेयरलाई रोकेर वडा नम्बर १२ का वडाध्यक्ष टंकबहादुर राईले बजेट किताब ठोक्दै भने,

हेरौं कसरी पास गर्दो रहेछ बजेट ? यसरी हुन्छ ?’लगत्तै एमालेका अन्य कार्यपालिका सदस्यले पनि होह ल्ला गरे । एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरु ले उपमेयर कोष खारेज गर्न माग गरेका थिए । मेयर र उपमेयरले त्यसको जवाफ दिएका थिए ।

एमालेबाट निर्वाचित कार्यपालिका सदस्यहरुले विरोध गरेपछि उपमेयर बेघाले स्वतन्त्रबाट जितेको भन्दैमा दलबाट आएकाहरुले विरोध मात्रै गर्न नहुने भन्दै जनताको भावना समेट्नु आवश्यक रहेको बताए ।

उनले बजेट लुकाएर छलफल नगरेको बताए । ‘बजेट ल्याउँदा पारदर्शीले ढंगले ल्याएका छौं । उपमेयर कोष मैले मागेको नै छैन । तर भैपरी आउने कामको लागि विना शीर्षक कसरी खर्च गर्न सकिन्छ, त्यसकारण यो कोषलाई निरन्तरता दिएको हो’, उनले प्रष्ट्याएका थिए 

***"भिडियो हेर्न यहाँ क्लिक गर्नुस*****

Post a Comment

Previous Post Next Post