महानायक हमालले प्रचण्डलाई भेट्नुको कारण अर्कै ! २४ घण्टा नबित्दै बाहिरियो रहस्य

तीन दशकदेखि नेपाली चलचित्रमा सक्रिय सिनेक्षेत्रका महानायक राजेश हमालको झुकाव राजनीतिर्फ बढेको छ । महानायक

हमालले हमालले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेपछि तरंग नै पैदा भएको हो । हमालको खुमलटार ईन्ट्रीपछि विभिन्न तह र तप्काबाट फरकफरक खालका टिप्पणी भइरहेका छन् ।यसैबीच, हमाल खुमलटार पुग्नुको रहस्य अर्कै रहेको तथ्य बाहिर आएको छ ।

शुक्रबार बिहान अध्यक्ष ‘प्रचण्ड’लाई भेट्न हमाल खुमलटार निवास पुगेका थिए। राजनीतिक र चलचित्र क्षेत्रका दुई हस्तीलाई मिलाउन संगीतकार तथा नेकपा माओवादी केन्द्र निकट चेतन सापकोटाले भूमिका वहन गरेका थिए। सापकोटाका अनुसार प्रचण्ड र हमालबीच चलचित्र क्षेत्रदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा–परिचर्चा भए।

उनले भने, ‘प्रचण्डसँग हमालले समसामयिक राजनीति, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपायलगायत विषयमा कुराकानी गरे।’

हमालले दक्षिण भारतीय फिल्मले नेपाली सिनेमा उद्योगमा पारेको असरबारे प्रचण्डको ध्यानाकर्षण गराएका थिए। सरकारले विदेशी विलासिताका वस्तु आयातमा रोक लगाउने निर्णय गरे पनि विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले अध्यक्ष प्रचण्डसँग असन्तुष्टि व्यक्त गरेका थिए।

प्रचण्ड र हमालबीचको भेटमा भएका कुराकानीको विषय भने सार्वजनिक गरिएको छैन। प्रचण्डको सचिवालय सदस्यहरूले पनि यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

सापकोटाका अनुसार हमालले प्रचण्डसँगको भेटमा एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए। प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए। यस्तै, श्रीलंकामा हाल उत्पन्न संकटका विषयमा पनि नेता–अभिनेताबीच कुराकानी भएको थियो।

हमालले प्रचण्डलाई अचानक भेटेपछि राजनीतिक वृत्तमा भने तरंग फैलिएको छ। हमालले चलचित्र विकास बोर्डको अध्यक्ष वा राजदूत नियुक्तिको सिफारिसका लागि भेटेका हुन सक्ने अनुमान छ। यो तथ्यलाई पुष्टि गर्नेगरी खुमलटार निकट स्रोतले हामीलाई प्रतिक्रिया दिएका छन् ।

प्रचण्डसँगको भेटमा हमालले आफू राजनीतिमा आउन सक्ने घुमाउरो संकेत दिएका थिए। राजनीतिमा आउन नहुने कुनै कारण नरहेको भनाइ थियो हमालको। प्रचण्डले पनि राजनीतिमा हमालजस्ताको खाँचो रहेको भने पनि नेकपा माओवादीमा आउनुस् नभनेको स्रोतले बताएको छ।

हमालले संगीतकार सापकोटा र प्रचण्डपुत्री गंगा दाहालसँग प्रचण्डसँग सामूहिक र पछि दुई जनाबीच एक्लाएक्लै कुराकानी भएको थियो। सापकोटाले भने, ‘बाहिरबाट हामीले हेर्दा दुवै खुलेर कुराकानी गरिरहनुभएको थियो। दुवै एकअर्काप्रति समर्थन जनाउने हाउभाउ देखाइरहनुभएको थियो।

प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको बताइएको छ।नेपाली सिने क्षेत्रका कलाकारलाई यसअघि नेता प्रचण्डले यति धेरै समय नदिएको सापकोटा बताउँछन्।

उनले भने, ‘हमाल दाजुसँग कमरेड प्रचण्डले पहिलो पटक यति लामो समय दिनुभएको हो। भेटमा सबै खाले विषयमा कुराकानी भयो।’गत असार ५ गते सञ्चार मन्त्रालयले सूचनामार्फत चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन मागेको थियो।

त्यसपछि बोर्डको अध्यक्ष नियुक्तका लागि कलाकारहरू नियुक्ति पड्काउन नेताहरूका घरदैलो चहारिरहेका छन्। सोही कारण पनि हमालले प्रचण्ड भेट्नु अर्थपूर्ण मानिएको छ। तर यत्तिका समय अध्यक्ष पदका लागि उनी कतै सुनिएनन्।

Post a Comment

Previous Post Next Post