झापामा विषालु सर्पको डसाईबाट एक जना स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ ।धाइजन स्वास्थ्य चौकी अन्तरगत मेचीनगर–११ मा सामुदायिक स्वास्थ्य।
स्वयम्सेविकाको रुपमा कार्यरत रुपा मैनालीको गएराति मृत्यु भएको हो । घरमा नै उनलाई सर्पले डसेको थियो ।मैनालीलाई करिव चार महिनाअघि पनि गोमन सर्पले डसेको थियो ।
उपचारपछि सामान्य जीवनमा फर्किएर सामाजिक स्वास्थ्य सेवामा सक्रिय मैनालीलाई दोस्रो पटक सर्पले डसेको हो ।उनलाइ तत्काल अस्पताल लगिए पनि बचाउन नसकिएको परिवारिक स्रोतले जनाएको छ ।