श्रीमानले पेट्रोल छर्केर आगो लगाउन खोजे, पछी ...

श्रीमतीलाई आगो लगाई हत्याको प्रयास गरेको अभियोगमा दाङ तुलसीपुरमा एक जना पक्राउ परेका छन्।तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका।

४२ वर्षीय उज्ज्वल चनाराले २८ वर्षीया श्रीमती माया श्रेष्ठ चनारालाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गरेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।मायाको हात र खुट्टाका बिभिन्न भागमा आगोले पोलेको घाउखत छन्। उनी हाल तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचाररत छिन्।

मायाका अनुसार उनका श्रीमानले दिउँसो आगो लगाउने भन्दै घरमा पेट्रोल छर्किएपछि मायाको शरीरमा पनि पेट्रोल छर्किएका थिए।श्रीमानले सलाई कोरेर आगो लगाउन खोजपछि आफूले सलाई खोसेर मुख भित्रै चपाएको मायाले बताइन्।

Post a Comment

Previous Post Next Post