![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjej3j2EkaMxCiCMiNa5MxV4a4yLDfrC6_DsiiwjZmvUSN1UmN0zmacrYelW9KItHE2QyL94nNjOnici1fqyAHUYQ9KM0X0wgDXhgLsPW4YTeiVDOIoRvNYkHdj8KzCFnw3Mq7JZvuUd-g3crtdsMgdbNBkJmOPrYm6dmJKkB_43rDNFaGYiN7thj3a/s16000-rw/Screenshot_20220508_1023342.jpg)
गैडहवा गाउँपालिका–१ पश्चिस बगिया बस्ने ३० वर्षीय महेश भरको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा उनकै बुवा ५४
वर्षीय फौदार भर समेत एकै परिवारका ५ जनालाई मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको छ ।आर्थिक लेनदेनको बिषयलाई लिएर कुटपिट हुँदा महेश भर र निजकी श्रीमती घाइते भएका थिए ।
उनीहरु घाइते भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो । कुटपिटबाट घाइते भएका महेशको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको थियो