काठमाडौंको थानकोटमा टिपरभित्रै यस्तो हर्कत गरे पछि..!

काठमाडौंको थानकोटमा टिपरभित्र किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको।

आरोपमा प्रहरीले दोलखा गौरीशंखर गाउँ पालिका-८ घर हुने ३२ वर्षीय ज्ञानबहादुर नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।नेपाली रा १ ख २७३४ नम्बरको टिपर चालक हुन्।

प्रहरी उपरीक्षक मैनालीका अनुसार घटना शुक्रबार राति १० बजेतिर भएको हो। चन्द्रागिरि नगरपालिका-७ थानकोट स्थित नेपाल आयल निगमको डिपो जाने बाटो छेउमा पार्किङ गरी बलात्कार गरेको आरोप नेपालीमाथि छ।

१७ वर्षीया ती किशोरी कलेज पढ्थिन्। काम पनि गर्थि न्। त्यस दिन उनी गाउँबाट सोही टिपर चढेर काठमाडौं आएकी थिइन्। तर थानकोट पुगेपछि चालक नेपालीले ‘तेल सकियो हाल्न जाऊँ, पछि गौशाला पुर्‍याइदिन्छु’ भनेका थिए। किशोरी गौशालामा डेरा गरी बस्छिन्।

तेल हाल्ने बहानामा उनले थानकोटको डिपो जाने बाटोको छेउमा पार्किङ गरेका थिए। त्यहाँ उनले सहचालकलाई गाडीको टायर जाँच गर्नु भन्ने बहाना बनाएर गाडीबाट पठाए। सहचालक बाहिर गएपछि चालक नेपालीले गाडीको ढोका बन्द गरी किशोरीमाथि बलात्कार गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

बलात्कार गरेपछि चालक टिपर छाडेर भागेका थिए। बलात्कार गरेको खबर पाएपछि प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयको कमान्डमा टोली खटिएर पीडित किशोरीको उद्धार गरेको थियो।

पीडित किशोरीको उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रसूति गृह, थानकोटमा पठाइएको थियो। त्यसपछि चालकको खोजी गर्दा शनिबार बिहान साढे ३ बजे काठमाडौं महानगरपालिका-१४, कलंकीमा फेला पारी प्रहरीले नेपालीलाई पक्राउ गरेको मैनालीले बताए।

पक्राउ परेका नेपालीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ। उनीमाथि अदालतले मुलुकी फौजदारी संहिता २०७४को करणी सम्बन्धी कसुरमा थप अनुस न्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post