डेढ वर्षकी कृष्टिना सहित तीन जना मृत अवस्थामा फेला

गुल्मी, बर्दिया र नवलपरासी ९पूर्व०मा तीन जना मृत अवस्थामा फेला परेका छन् ।गुल्मीको छत्रकोट गाउँपालिका–५

खर्ज्याङ बस्ने ६७ वर्षीय कृति कुमार श्रेष्ठ सोही ठाउँस्थित बाह्रबिसे खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तिबजार बस्ने मिलन थारुकी डेढ वर्षकी कृष्टिना थारू राजापुर नगरपालिका–१ गोठारपुरस्थित झबही कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

घरमा खेलिरहेको अवस्थामा हराएकी उनको खोजी गर्ने क्रममा उक्त कुलोमा शव फेला परको हो।नवलपरासी९पूर्व०को गैँडाकोट नगरपालिका–१३ हर्कपुर चोकस्थित सडकमा हाल पहिचान नखुलेकी करिब ४२।

वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छन् ।सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post