काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चल्यो, १ सुरक्षाकर्मीको मृत्य

काठमाडौं । काठमाडौंको लैनचौरस्थित भारतीय दूता वासभित्र गोली चलेको छ । एसएलआर राइफलको गोली प्रहारबाट दूतावासमा रहेका एक जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको छ ।

दूतावासको सुरक्षामा खटिएका ती प्रहरी सुरक्षाकर्मीले आफैँले बोकेको बन्दुकबाट आफैँलाई गोली प्रहार गरेको बताइएपनि दूतावासले थप खुलासा भने गरेको छैन्।
गोली चलेको खबरलगत्तै सोह्रखुट्टे प्रहरीको टोली त्यहाँ पुगेको छ ।

यो पनि,,पहाडका बाँदर गुरिल्ला भए, पुरुषसँग भाग्छ, महिलालाई कुट्छ ’१८ असार, विराटनगर । प्रदेश १ का सांसदले पहाडी जिल्लामा बाँदर नियन्त्रण गर्न सरकार को ध्यानाकर्षण गराएका छन् ।

प्रदेश १ प्रदेशसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहा डमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताए । उनले बादर नियन्त्रण गर्न नसक्दा मानिसहरु नै बिस्थापित भइरहेको बताए ।

पहाडमा ठूलो समस्या सिर्जना भएको छ । त्यो भनेको बाँदरको आतङ्क हो । मकै लगाए मकै खान्छ, कोदो लगाए कोदो खान्छ, जुनेलो लगाए जुनेलो खान्छ, मास लगाए मास खान्छ, बोडी लगाए बोडी खान्छ, सुन्तला लगाए सुन्लता खान्छ ।

केही बाँकी राख्दैनन्’, सांसद लिम्बुले भने, ‘ अहिले पहाडका बाँदर गुरिल्ला जस्तो हुन थाले, पुरुष देख्दा भागेजस्तो गर्छ, महिला खेद्न जाँदा त उल्टो आक्रमण गर्छ ।’

Post a Comment

Previous Post Next Post