![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh9FWQdZI4ajhy6el7RbYbeH3uTFTd_2H7i2nja13FJMH8H1wedGQGdF3dCDu9DiDAbQfeEIuL_KjTVYJKfJVQeaqbGbgpC8XNEVlmicQngihDW_tc_EzxuGVc3_Qsu4SJKf4J4eFedoOwm5NL276gZNGWMbAVffx0M_qa1QIn7lHaXjxEG5mH7WcR5/s16000-rw/PicsArt_06-12-07.56.32.jpg)
काठमाडौं / काठमाडौं, डोटी, गोरखा र रुपन्देहीमा चार जना व्यक्ति मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–१।
रानीवनस्थित मानव सेवा आश्रममा धादिङ कल्लेरी गाउँपालिका–७ घर भएका ६५ वर्षीय नवराज परियार बुधबार मृत अवस्थामा फेला परेका छन् ।
हाल काठमाडौं महानगरपालिका–२२ हनुमानढोकास्थित सडकमा बस्ने परियारलाई गत शनिबार उद्धार गरी उक्त आश्रममा राखिएकोमा सुतिरहेको अवस्थामा उनको शव फेला परेको हो ।
डोटीको पुर्वीचौकी गाउँपालिका–३ ठाडा गाउँ बस्ने ६० वर्षीया मनसरी बोहरा सोही गाउँपालिका–६ गण्डिगाड खोलाको किनारमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
शनिबार घरबाट हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो । गोरखाको गोरखा नगरपालिका–८ आहाले गाउँस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने २४ वर्षीय अनिष आले बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ शिवचोकस्थित सडक किनारामा हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।