चितवनबाट गोरखाको भच्चेक गइरहेको बस दुर्घटना, २० घाइते

चितवनबाट गोरखाको अजिरकोट गाउँपालिकास्थित भच्चेकतर्फ गइरहेको यात्रुबहाक बस छोप्राकको राम्चेचौतारा नजिकै दुर्घटनामा परेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको हो। दुर्घटनामा परेर २० जना यात्रु घाइते भएका छन्। ना ५ ख ५३०५ नम्बरको नारायणी यातायातको बस सडकमा पल्टेको थियो।

प्रहरीका अनुसार घाइतेमध्ये सात जनालाई उपचारका लागि चितवन लगिएको छ। बाँकी घाइतेको छेपेटारस्थित पृथ्वी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

बस दुर्घटनामा परेर सामान्य घाइते भएका यात्रु पवन पोखरेलले घुम्तीबाट बस पछाडि हटेर सडकमा पल्टिएको बताए। उकालो र घुम्ती रहेको सडकबाट बस करिब ३० मिटर तल हटेको थियो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post