काठमाडौँको बौद्धबाट अचम्मका युवक पक्राउ गरे छन् यस्तो काम

काठमाडौँ – चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न लागेका सुभाष भेटवाल काठमाडौंको बौद्धस्थित प्लानिङबाट पक्राउ परेका छन्। 

भेटवाल तेह्रथुमको आठराईका हुन् ।जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेर रकम निकाल्न खोजेको भन्दै सिन्धुलीका राजकुमार बरालले जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा आपराधिक विश्वासघातको कसुरमा बिहीबार दिउँसो पक्राउ गरिएको काठमाडौं परिसरले जनाएको छ। गत असोजमा जाहेरवाला बराल, भेटवालसहितका व्यक्ति तास खेलेका थिए।रक्सी खाँदै तास खेल्दा आफ्नो सात थान चेक हराएको भन्दै बैंकमा ब्लक गराएका थिए। उनको निवेदनपछि प्रहरीले परिसरमा बोलाएको थियो।

जसमा उनले २ करोड २९ लाख रुपैयाँ रकम भरेको खुलेको थियो। भेटवालले भने तासमा आफूले त्यो रकम बराबर जितेको र चेक लिएको दाबी गरेका थिए।

पछि सरुवा हुने बेलामा परिसरका तत्कालिन एसएसपी अशोक सिंहले भेटवाललाई नै चेक फिर्ता दिएका थिए। एसएसपीले चेक फिर्ता दिएको ९ महिनापछि भेटवाल भने पक्राउ परेका हुन्।

यो प्रकरण प्रहरीले छानबिन गर्दै एसएसपी सिंहलाई आचरणविपरित काम गरेको भनेको थियो। तर सिंहलाई भने कुनै कारबाही नगरी सरकारले डीआईजीमा बढुवा गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post