![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhv4eGTZgxBmT-FPnxvJGA9lmKT_BB0Z1CRHLTvM0MlUXtP8gAoe7JJl6IZWDRpu-gn1_fz28fqhvxe_s_cYbNm4WIPlQhac1IxIqkEaQOdlA_E47qZtn1eIHVR00DWHcvn2Je1oKaocGBX-YAV7U3a9yhzkDyq3_sWf54Eg5vd5haQ3dbTxySCuOsX/s16000-rw/PicsArt_07-11-03.15.07.jpg)
कालिकोटको खाँडाचक्र नगरपालिका–१ बस्ने लक्ष्मी पाण्डेको पाँच तले घर भत्किँदा छ जना घाइते भएका छन् । घर भत्केको खबर प्राप्त हुनासाथ।
जिल्ला प्रहरी कार्यालय कालिकोट, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरीले जेसिबीको सहयोगमा घाइतेहरूको उद्धार गरेको थियो ।
घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाएकोमा तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् । घाइते दुई जनालाई थप उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । प्रहरीबाट थप उद्धार कार्य भइरहेको छ ।