विदेश जानेेेेेे सोच्दै हुनु हुन्छ ? अब आयो यस्तो सुविधा अनलाइनबाटै

काठमाडौं । अध्यागमन विभागले अनलाइनबाट भिसा लिन सकिने व्यवस्था गरेको छ । विभागले पछिल्लो समय इ भिसाको अवधारणासहित अनलाइन आवेदन दिएर भिसा लिन सक्ने व्यवस्था गरेको विभागका महा निर्देशक नारायण भट्टराईले बताए ।

उनले भने, ‘अहिलेलाई भिसाको लागि अनलाईन आवेदन दिन सकिने व्यवस्था गरिएको छ । कागजात अपलोड गरेपछि विभागमा आएर रुजु गरी बैंक भौचर तिरेर भिसा लिन सकिन्छ ।’विभागले स्वचालित प्रणाली अनुसार सेवा विस्तार गर्ने गरी भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको हो ।

महानिर्देशक भट्टराईले भने, अनलाइन भुक्तानीका लागि अहिले गैरआवसीय नेपाली भिसालगायत अन्य भिसा प्राप्त गर्न उल्लेखित प्रक्रिया पुर्याएर आवेदन दिन सकिने जनाएको छ ।यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Post a Comment

Previous Post Next Post