आमा-छोरासहित पाँच जना पक्राउ ! प्रहरीले पायो यस्तो गोप्य सुचना

सुर्खेतको वीरेन्द्रनगरमा आमा–छोरा नै लागु औषधको कारोबारमा संलग्न रहेको पाइएको छ । शुक्रबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरको।

भेटेरिनरी लाइनमा रहेको स्थानीय ४० वर्षीया सुमित्रा कामीको घरमा छापा हानेको थियो ।गोप्य सूचनाको आधारमा छापा हानेको प्रहरीले सुमित्रा र उनका २३ वर्षीय छोरा रमेश सुनारसहित पाँच जनालाई लागु औषध कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा अन्यमा वीरेन्द्रनगर नगरपालिका–८ का २१ वर्षीया जीवन मर्स्याङ्दी मगर, वीनपा–७ का २६ वर्षीया ललित सिँजाली, वीनपा–३ का २५ वर्षीया उत्तम शाही रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीका अनुसार सुमित्राको घरको दराजबाट १ ग्राम ब्राउन सुगर र रु। ७८ हजार १९० नगर रुपैयाँ बरामद गरिएको छ ।

यस्तै सुमित्रा सहित अन्य व्यक्तिको साथबाट प्लास्टिकसहित ८८० मिलिग्राम लागु औषध र लागु औषध नापतौल गर्ने प्रयोजनका लागि राखिएको डिजिटल एक थान तराजु पनि बरामद गरिएको छ ।

कार्कीले समग्रमा झण्डै १० लाख ५० हजार बराबरको लागुऔषध बरामद गरिएको बताए । उनीहरूलाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाएको कार्कीले बताए ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post