![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhA8pTn6vu3veoHXun-ZWbeWSFWs1AVVG-rEpNL02iDo7zHau_Q046ZJXW1iZHcmkTKFGDnPVh5VVqNR1MyJpFHJGk9ilVuVv93a3P5BZ5eU2msh-8iYDcg_4vUi85cmHbVo8N3dCyOqGRja3VoMr0-xG_OvxcAzVUEj6KJsS15AH9u9TXeKQUhPObp/s16000-rw/PicsArt_07-12-07.58.56.jpg)
सोमबार कमला नदी किनारमा दुईजना युवाहरुको शव भेटिएको छ । सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुरस्थित कमला नदी किनारमा दुई युवकको शव फेला परेको छ ।
बन्दीपुरका १७ बर्षीय मोहम्मद अली र भारतको बिहार घर भएका १९ बर्षीय जफर शेखको शव सिरहा–धनुषाको बीचमा रहेको कमला नदी छेउमा फेला परेको प्रहरीले जनाएको छ । जफर शेख आफ्नो मामाको घर सिरहामा बकर इद पर्व मनाउन आएका थिए ।
आइतबार दिउँसो घरबाट निस्किएका दुबै जना घर नफर्केपछि खोजी सुरु गरिएको थियो । खोजीका क्रममा सोमबार बिहान दुबैको शव फेला परेको सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार कपडा खोलेर दुबै जना पौडी खेल्न नदीमा पसेको प्रहरी अनुसन्धानबाट देखिएको छ । दुबैको शव पोष्टमार्टमका लागि लहान अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।