दाङ-दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताउनुभयो।
उहाँका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो । उनको आज बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
बुटवल ज्योतीनगरका किरण ज्ञवाली वर्षा भयो कि राति निदाउँदैनन् । ठूलो वर्षा हुनासाथ घर नै छाडेर अन्यत्र बास बस्नुपर्ने उनको बाध्यता छ । गतवर्षको ठूलो पहिरोले धेरै घरहरु पुरिएपछि उनको परिवारले पनि करिव एक महिना बसाई छाडेको थियो । त्यसयता आकाश गर्जिन थाल्यो कि उनी रातभर जाग्राम बस्छन् ।
उनीमात्र होइन, ज्योतीनगरबासी वर्षायामका बेला रातभर जाग्राम बस्न थालेको करिव एक वर्ष भयो । उनीहरुलाई पहिरो जाने भन्दा पनि नियन्त्रण नभएकोमा चिन्ता छ । “पोहोर साल पहिरो जाँदा अवलोकन गरी ज्योतीनगरबासीको सहानुभूति बटुलेका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे चुनाव जितेपछि भने फर्केर आएका छैनन्”–ज्ञवालीले दुःखेसो पोखे ।
पहिरो प्रभावितहरुले पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गर्दै आएका छन् । चुरेबाट खसेको पहिरोले गतवर्षको भदौ १३ र १४ गते ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पुर्याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अव दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण थाल्न माग गरेपति त्यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारले ठोस योजना बनाएका छैनन् ।