बस दुर्घटनाले चुँड्यो छोरीलाई अस्ट्रेलिया पठाउने सपना !

रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाए । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

असार २१ मा भएको सो दुर्घटनामा सुनापति–५ खनियापानी घर भएकी सञ्जु आलेको पनि मृत्यु भयोअसार २१ मा बिहान बा.३ ख ८३९६ नम्बरको बस चढेर सञ्जु र उनकी छोरी सुनिता मगर काठमाडौँ आउँदै थिए । बिरलै गाउँ जाने सञ्जु त्यतिबेला वडा कार्यालयमा छोरीको कागजात बनाउन गएकी हुन् ।

वडाबाट सिफारिस ल्याएर पासपोर्ट बनाउने र छोरीलाई अस्ट्रेलिया पठाउने उनको सपना थियो । तर, विडम्बना बस चढेको करिब ७ मिनेटमा दु’र्घटना भयो, उनको घटनास्थलमै मृत्यु भयो ।

३ छोरी र पत्नीलाई भक्तपुरको जगातेमा डेरामा छाडेर उनी विदेश हानिएका थिए । असार २२ मा काठमाडौँ ओर्लिएपछि डेरामा पुगे, माइली र कान्छी छोरीलाई लिएर दु’र्घटना स्थलमा गए । दाजुभाइ र छिमेकी पत्नीको शव कुरिरहेका थिए । असह्य पीडालाई पैतालाले कुल्चिएर पत्नीको दाहसंस्कार गरे ।

भरत अहिले सञ्जुको कोरा (काजकिरिया मा प्रयोग गरिने शब्द) बसेका छन् । १२ कक्षा पास गरेर सुनिता​ले आइएल्टस पास गरिन् । फोनमा श्रीमान्–श्रीमतीको सल्लाह भएपछि सञ्जु कागजात बनाउन वडा कार्यालयमा गएकी हुन् । तर, छोरीलाई अस्ट्रेलिया पठाउने सपना दु’र्घटनाले चुँडिदियो ।

इन्टरनेशलन इङ्लिस ल्याङ्ग्वेज टेष्टिङ सिस्टम (आइएल्टस) पास भएपछि छोरीलाई अस्ट्रेलिया पठाउने तयारी गरेको भरत आलेमगरले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘छोरीलाई अस्ट्रेलिया पठाउने तयारी गर्दै थियौँ, यस्तो भयो ।

खनियापानी स्थित घरमा सञ्जुको फोटो राखेर भरत १३ दिने कर्म गर्दै छन् । धुलिखेल अस्पतालमा छोरी अचेत छिन् । चिकित्सकहरूका अनुसार सुनिता​को स्वास्थ्यमा उल्लेख्य सुधार आएको छैन ।

छोरीको उपचारमा उनका फुपाजु रमेश पुलामी खटिएका छन् । भरत भन्छन्–‘रमेश फुपाजु उपचारमा हुनुहुन्छ, मेरो यस्तो हालत भयो ।’धन्न भरतले मन बुझाएका छन् । उपचार पुरा नहुन्जेल जेठी छोरीलाई अस्ट्रेलियामा पढ्न पठाउने उनको सपनामा ब्रेक लागेको छ ।

दुई छोरीहरू भक्तपुर स्थित गणेश स्कुलमा पढ्छन् ।छोरी सुनिता​ धुलिखेल अस्पतालको आईसीयूमा छिन् । सुनिताको होस आएको छैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Post a Comment

Previous Post Next Post