प्रहरीका नौ जवान घाइते, जागिर खान जाँदा झण्डै जागिरले खाएन

कैलालीको धनगढीमा दौडने क्रममा लडेर नौं जना प्रशिक्षार्थी (तालिमे) प्रहरी जवान घाइते भएका छन् । उनीहरुमध्ये दुई जनालाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

अत्यधिक गर्मीका कारण नौं जना प्रशिक्षार्थी प्रहरी बिरामी भएका हुन् । नयाँ भर्ना भएका तालिमे प्रहरी जवानहरू अत्यधिक गर्मीका कारण ‘हिट स्ट्रोक’ भएर लड्दा घाइते भई अस्पताल भर्ना भएका हुन् ।

तीमध्ये सात जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

दुई जना जवानको भेन्टिलेटर राखेर उपचार भइरहेको छ । उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ । भदौमा नयाँ भर्ना लिएर ९८ जना प्रहरी जवानले सुदूरपश्चिम प्रदेश प्रहरी गणमा प्रशिक्षण लिइरहेका छन् ।

आज बिहान शारीरिक व्याम अन्तर्गत १० किलोमिटर दौड थियो, ९ जना बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो’, सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीका तालिम प्रशिक्षक प्रमुख बोधराज ओझाले भने, ‘अन्य सात जना खतरामुक्त भएर फिर्ता भएका छन् ।

बेहोस हुनेमा सरोज चौधरी, प्रशान्त रावत, दिनेश सुनार सन्तोष नेपाली, हरि बिक, अर्जुन थारु, भरत बिष्ट, हरिनारायण राना र ताराप्रशासद पुलामी मगर छन् । सरोज चौधरी र प्रशान्त रावतको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले धनगढीमा अत्यधिक गर्मीका जनजीवन प्रभावित भएको छ ।

Post a Comment

Previous Post Next Post