भक्तपुरको फक्सिङटारमा जलेर एक बृद्धको मृत्यु

भक्तपुरको चाँगुनारायण नगरपालिका–२ फक्सिङटारमा जलेर एक बृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार फक्सिङटारका स्थानीय ८४ वर्षीय जगतप्रसाद शिल्पकारको आफ्नै घरमा जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार तीन तले पक्की घरको भुइँतलामा कम्मरदेखि मुनिको भाग जलेको अवस्थामा शिल्पकारको शव भेटिएको हो । घरको भुइँतलामा उनी एक्लै बस्ने गरेका थिए । उनका छोरा बुहारी भने माथिल्लो तलामा बस्ने गरेको जनाइएको छ ।शिल्पकारको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।****** भिडियो हेर्न तल क्लिक गर्नुहोला*******

Post a Comment

Previous Post Next Post