सिन्धुलीमा सडक दुर्घटना ४४ जनाको मृत्यु

सिन्धुली – जिल्लामा सडक दुर्घटनामा ४४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको तथ्यांक अनुसार

जिल्लामा सवारी दुर्घटनामा परि ११ महिनाको अवधिमा ४४ जनाको मृत्यु भएको हो । जिल्लामा २ सय ७१ दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको जिल्ला कार्यालयको तथ्याङ्कमा देखिन्छ । यही अवधिमा दुर्घटनाबाट १५० गम्भीर र ३६० सामान्य घाइते भएका छन् ।

मादक पर्दाथ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लंघन, बढदो सवारी चापका कारण दुर्घना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ ।

जिल्ला सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपांग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्री पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

बिपि राजमार्गमा तराइ तथा पुर्वी नेपालबाट राजदानी आवतजावत गर्ने हाईस तिव्र गतिमा हुने गरेको स्थानियले गुनासो गरेका हुन् । राजमार्गमा तिव्र गतिमा चल्ने हाइसको कारण दुर्घटनाको जोखिम बढेको छ ।

विपि राजमार्ग अन्र्तगत सिन्धुलीमा पूर्वी तराइबाट राजधानी आवतजावत गर्ने हाइस तिव्र गतिमा हुने गरेको सुनकोशी गाउँपालिकाको सन्त थापाले बताउनुभयो ।“विहान ९ बजेदेखि दिउँसो १ बजेको समयमा राजमार्गमा हाइसको पहिला पुग्ने भनि प्रतिस्पधानै गरेर चउलाने गरेको उहाँले गुनासो गर्नुभयो । “विहान ९ बजेबाट दिउँसो १ बजे सम्म विपि राजमार्गमा मोटसाइकमा यात्रा गर्न डर मर्दो छ । हाइस तिव्र गतिमा हुन्छन्, मनलाग्दी चलाउने गर्दछन् ।

उहाँले भन्नुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चेकजाचमा कडाइ गरिरहेको ट्राफिक प्रमुख जे जङ्ग कार्किले बताउनुभयो । उहाँका अनुसार तिव्र गतिमा सवारी चलाउने साथै कागजपत्र साथमा नहुने सवारी दिनहुँ कारबाहिमा परेका छन् । विपि राजमार्गको विभिन्न ठाउँमा सवारी चेकजाचँ गरिरहेको उहाँको भनाइ छ ।

Post a Comment

Previous Post Next Post