काठमाडौँमा दुर्घटना : आयुषको मृत्यु, महिलासहित चारजना घाईते

आइतबार बिहान ११:५० बजे बल्खुको तरकारी बजारमा गाडीले पैदल यात्रुलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ५ वर्षीय आयुष बन्सुर छन् ।प्रहरी परिसर, काठमाडौंका डीएसपी निरञ्जन भट्टका अनुसार घटनामा उनकी आमा भारतको महाराष्ट्र घर भएकी ३२ वर्षीया योगिता बन्सुर घाइते छिन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको भट्टले बताए ।

प्रहरीका अनुसार बा १३ च ६४१९ नम्बरको गाडीले छोरा बोकेर हिँडिरहेकी पैदलयात्रुलाई ठक्कर दिँदा घटना भएको थियो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइतेकाठमाडौँको बबरमहलमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।घाइते हुनेमा कार चालक भक्तपुर

कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।

घाइते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । घाइते मध्ये गिरीको अवस्था गम्भीर रहेको छ । आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

Post a Comment

Previous Post Next Post