जापनका पूर्व प्रधानमन्त्री सिन्जो अवेको निधन भएको छ । शुक्रबार विहान नारामा एउटा सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो ।
गोलीलागि गम्भिर घाइते भएका उनको नारा मेडिकल युनिभर्सिटीमा उपचार भइरहेको छ । स्थानीय समयअनुसार ५ बजेर ३ मिनेट जाँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अत्याधिक रगत बहेका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
शुक्रबार विहान भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उहाँको केहीबेरअघि मृत्यु भएको जापानको सरकारी सञ्चारमाध्यम एनएचकेले पुष्टि गरेको छ ।
आबेमाथि भएको आ क्रमणको प्रधानमन्त्री फुमियो किशिदाले ‘घृषित कार्य’ बताएका थिए । आ क्रमणको कारणबारे अहिलेसम्म जानकारी नभएको बताउँदै उहाँले आगामी निर्वाचनको विषयलाई लिएर हुनसक्ने बताए ।
आ क्रमणपछि प्रधानमन्त्री किशिदाले घटनाको निन्दा गर्दै आबेको अवस्था गम्भीर रहेको जानकारी दिएका थिए । उहाँले लोकतन्त्रमा यस्ता हिं सलाई कुनै पनि स्थान नहुने पनि बताएका थिए ।
चुनाव प्रचारको क्रममा सडकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा आ क्रमण भएको थियो । उनलाई पछाडिबाट आ क्रमण गरिएको उनको दल लिबरल डेमोक्रेटिक पार्टीले जनाएको छ ।
भिडियो हेर्नुहोस